बिएल संवाददाता
उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य फेरेका छन्। ‘नोट अफ डिसेन्ट’ लखेकै आधारमा दुई सदस्यलाई कार्वाही गरेर आफ्नो पार्टी निकटका दुई जनालाई नियुक्त गरेका हुन्।
नयाँ सदस्य नियुक्त हुनेहरूमा काँग्रेसबाट देवेन्द्र कार्की रहेका छन्। उनी पूर्वउर्जा तथा भाैतिक सचिव हुन्। अर्का एमालेबाट महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन्। उनी पूर्वउपसचिव हुन्। गुरुङलाई यसअघि प्रधानमन्त्री हुँदा केपी शर्मा ओलीले पञ्चेश्वर विकास प्राधिकरणको प्रमुखमा नियुक्त गरेका थिए।
कार्की र गुरुङ दुवै जनालाई शुक्रबारको मन्त्रीपरिषद् बैठकले सदस्यमा नियुक्त गरेको हो। शुक्रबार नै यसअघिका सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई सरकारले कार्वाही गरेको थियो।
यी दुई सदस्यले यसअघि उद्योगबाट उठाउनु पर्ने साढे ८ अर्ब बक्यौता नउठाउँदै लाइन जोड्न नहुने पक्षमा थिए। जुन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन विरुद्धमा थियो।
ओलीले ६ उद्योगमा काटिएको लाइन जोडिदिनका लागि विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ठाडो निर्देशन दिएका थिए। प्राधनमन्त्री ओलीको निर्देशनपछि प्राधिकरण सञ्चालक समिति सदस्यको बैठक बसेको थियो।
उक्त बैठकमा पुन र आचार्यलय लाइन जोड्ने विषयमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए।
त्यसपछि फायर भएका उर्जमन्त्री खड्काले दुवै जनालाई असार १५ गते स्पष्टिकरण सोधेका थिए। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै दुवै जालाई शुक्रबार कार्वाही गरिएको बताए पनि आइतबार (आज) कार्वाही गरेर शुक्रबार १८ गतेको मिति राखेर पत्र पठाइएको आशंका छ।
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया