समानुपातिक हेरफेर गर्ने काँग्रेस–एमालेको योजनामा राजेन्द्र लिङ्देनको विरोध

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक प्रणालीमा हेरफेर गर्ने नेपाली काँग्रेस– नेकपा एमालेको योजनाको विरोध गरेका छन्।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमाथि भएकाे छलफलमा सहभागी हुँदै लिङ्देनले उक्त योजनाको विरोध जनाएका हुन्।

काँग्रेस–एमाले मिलेर बनेको नयाँ सरकार बनाउँदै समानुपातिक प्राणाली हेरेफेर गर्न संविधान संशोधन गर्ने सहमति गरेका थिए। जुन सहमतिको अध्यक्ष लिङ्देनले विरोध गरेका छन्।

२०६२/०६३ को दोस्रो जनआन्दोलनबाट समानुपातिक प्रणाली प्राप्त भएको भन्दै त्यसलाई हेरफेर गर्न नहुने उनले बताए।

‘२०६२/०६३को दोस्रो जनआन्दोलनपछि प्राप्त भएको महत्वपूर्ण उपलब्धि भनेको समानुपातिक प्राणाली हो’, उनले भने, ‘यो उपलब्धिलाई मेट्न पाइँदैन।’

प्रकाशित मिति: : 2024-07-21 16:06:00

प्रतिकृया दिनुहोस्