सबै दलको सहमतिमा मात्र संविधान संशोधन गर्छौं: देउवा

Break n Links
Break n Links

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन सबै दलको सहमतिमा मात्र गर्ने बताएका छन्।

प्रतिनिधिसभामा बोल्दै सभापति देउवाले संविधान संशोधन स्वाभाविक प्रक्रिया रहेको सबै दलको सहमतिमा मात्र संविधानको संशोधन गरिने र संविधानलाई सहभागितामुलक बनाइने बताए।

संविधान निर्माण भएको आठ बर्ष पुगेको र यसका सबल र दुर्बल पक्षको विश्लेषण गरेर संविधान संशोधन गर्नुपर्ने उनले बताए।

उनले केपी शर्मा ओलीको नेतृत्वमा सरकारले अहिलेको निराशालाई चिर्दै देश बदलिने विश्वासको व्यक्त गरे।

उनले कांग्रेस र एमालेले देशमा राजनीतिक स्थिरताका लागि गठन भएको र यसमा सफल हुने विश्वास व्यक्त गर्दै ओलीको नेतृत्वको सरकारले देशलाई विकासको बाटोमा लैजाने बताए।

प्रकाशित मिति: : 2024-07-21 14:57:00

प्रतिकृया दिनुहोस्