बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिँदै

Break n Links
Break n Links

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिने तयारी गरेका छन्। नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जम्कट्टेलले यसअघि संसदबाट विश्वासको मत लिने तयारी गरेका थिए। 

उनले विश्वासको मतका लागि संसदमा प्रस्ताव दर्ता गराएका थिए। तर आइतबार संसदीय दलको बैठकपछि जम्कट्टेलले प्रदेश सभालाई सम्बोधन गरेर राजीनामा दिने तयारी गरेको माओवादी केन्द्रका मुख्य सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए।

उनले राजीनामा दिएसँगै अब बागमतीमा काँग्रेस–एमाले सरकार बन्नेछ।

प्रकाशित मिति: : 2024-07-21 14:18:00

प्रतिकृया दिनुहोस्