प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने रास्वपाकाे निर्णय

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ।

सिंहदरबारमा आइतबार बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।

यसैगरी रास्वपाले आजकाे प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेकाे छ।

‘साउन ६ गते आइतबारका दिन दिउँसो १ बजे प्रारम्भ हुने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन, र प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भनि प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम पेश गर्ने प्रस्तावको विपक्षमा मतदान गर्न यो निर्देशन (ह्विप) जारी गरिएको छ,’ रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति: : 2024-07-21 13:06:00

प्रतिकृया दिनुहोस्