प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत दिने निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

Break n Links
बैठकमा काँग्रेसका शीर्ष नेताहरु। फाइल तस्बिर।

नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बोलाइएको बैठक मध्याह्न १२ बजे सुरु हुनेछ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै सांसदहरुलाई अनिवार्य संसदमा उपस्थित हुन भनिने बताइएको छ।

त्यस्तै बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने बताइएको छ।

आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिँदैछन्।

प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार ओलीले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

संसदका दुई ठुला दल मिलेर बनेको सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओली गत असार २८ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रकाशित मिति: : 2024-07-21 07:21:00

प्रतिकृया दिनुहोस्