माओवादी, रास्वपा र एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

File Photo
File Photo

विपक्षी तीन दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेकाे छ।

नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा एकीकृत समाजवादी पार्टीबीच शुक्रबार सिंहदरबारमा भएकाे छलफलमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय भएकाे हाे।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, रास्वपाका सभापति रवि लामिछाने र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएकाे थियाे।

प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची छ। 

प्रकाशित मिति: : 2024-07-19 18:00:00

प्रतिकृया दिनुहोस्