तोकिएको समयमा महाधिवेशन नभए कांग्रेस धरासयी हुन्छ: शेखर कोइराला

Break n Links
Break n Links

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस महानगर समितिका सभापतिहरुसँग काठमाडौँमा भेटघाट र छलफल गरेका छन्।

कोइरालाले भेटघाटमा पार्टी नेतृत्व र पदाधिकारीहरुको कार्यशैली हेर्दा तोकिएको समयमा १५औँ महाधिवेशन हुनेमा शंका उत्पन्न भएको बताए।

तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरुमा पर्ने भएकाले त्यसका लागि चनाखो हुन कोइरालाले आग्रह गरे।

महानगरका सभापतिहरुले आफूहरुको पार्टी मर्यादाक्रम नमिलेको र विधानले कुनै अधिकार नदिएको गुनासो राखेका थिए।

साे क्रममा महानगर सभापतिहरु निलकाजी शाक्य(काठमाडौँ), सुवानन्द धाख्वा(ललितपुर), चित्रसेन अधिकारी (भरतपुर) दिपक चापागाईं(बिराटनगर) र मनिन्द्र नेपाली(वीरगन्ज) सहभागी थिए। 

प्रकाशित मिति: : 2024-07-19 10:53:00

प्रतिकृया दिनुहोस्