ज्योतिषकाे भविष्यवाणी- देउवा प्रधानमन्त्री बन्दैनन्, संविधान संशोधन हुन्छ

Break n Links
Break n Links

वरिष्ठ ज्योतिष एवं पण्डित डा.रुद्रनाथ अधिकारीले आउँदो मंसिरसम्म नेपालको संविधान संशोधनको प्रक्रिया सुरु हुने भविष्यवाणी गरेका छन्।

नेपाल न्युज बैंकसँग कुराकानी गर्दै राजनीतिक भविष्यवाणी एवम विश्लेषण समेत गर्दै आएका डा.अधिकारीले संविधान संशोधन यही वर्षबाट थालनी भएर वि.स. २०८२ सालमा नेपाली राजनीतिको कोर्ष परिवर्तनको दिसातर्फ अघि बढ्ने बताए।

उनले भने, ‘आउँदो मंसिरसम्म संविधान संशोधन हुन्छ। अन्य कुराहरु धेरै संशोधन भएपनि खासगरी देशका लागि तीन महत्वपुर्ण विषयमा संविधान संशोधन हुन्छ। समानुपातिक प्रणालीको अन्त्य गरि प्रत्यक्ष निर्वाचन प्रणाली राख्ने, हिन्दु राष्ट्र मुख्य एजेण्डा बन्छ र बनाइनुपर्छ र प्रदेश खारेजी हुन्छ। प्रदेश खारेजी नगरी सुखै छैन। प्रदेशहरु कार्यकर्ता भर्ती गर्ने अड्डा मात्रै बनेको छ। जतिखेर नेपालमा प्रदेशीय संरचना तयार भएपछि नेताहरुको काम सरकार टुटाउने र बनाउने बाहेक अरु केही काम भएको छ र?’

त्यस्तै, अधिकारीले नेपाली राजनीतिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको अधोगति सुरु भएको उल्लेख गरे।

पूर्व र पश्चिमको प्रभावमा सबै मिलेर देशलाई पालैपालो ठगरिहेको उल्लेख गर्दै अधिकारीले कर्मको फल ढिलाचाँडो सबैले पाउने बताए।

‘मैले वर्षको सुरुमै भनेको थिएँ, प्रचण्डको अधोगति सुरु हुन्छ भनेर। अब प्रचण्ड र रविजीहरुको डाउनलाइन सुरु भएको छ। अब उहाँहरुले जति तिग्डम गरेपनि उहाँहरुको पतन नै हो। यहाँ कोही पनि दुधले धोएका छैनन्। ढिलोचाँडो कर्मका फलहरु सबैले भोग्नुपर्दछ। उनीहरुले देशलाई ठगिरहेका छन्’, उनी भन्छन्।

त्यसैगरी, अधिकारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका चेतनाकाद्धारहरु खुलेको उल्लेख गर्दै अब नेपाली कांग्रेस र नेकपा एमाले मिलेर देशको अवस्था परिवर्तन गर्नुपर्ने बताए।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था तत्काल नदेखिएको समेत उनको भनाइ छ।

उनले भने, ‘जोसुकै प्रधानमन्त्री भएपनि देशमा सुशासन कायम हुनुपर्दछ। एकले अर्कालाई बचाउनको लागि अपराधसमेत लुकाउने काम बन्द गरिनुपर्दछ। यी र यस्ता परिपाटी र प्रपञ्चहरु बन्द गरिनुपर्दछ। ओलीपछि देउवा प्रधानमन्त्री हुने सम्भावन देखिएको छैन। उहाँको कुन्डलीले त्यस्तै संकेत गर्छ।’

प्रकाशित मिति: : 2024-07-18 12:10:00

प्रतिकृया दिनुहोस्