समाजवादी मोर्चाको बैठक सुरु, भावी रणनीति तय गरिने

Break n Links
Break n Links

समाजवादी मोर्चाको बैठक सुरु भएको छ। नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केहीबेरअघि मोर्चाको बैठक सुरु भएको हो।

समाजवादी मोर्चाका प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी सरकारबाट बाहिरिएर प्रतिपक्षमा पुगेपछि समाजवादी मोर्चाको बैठक बसेकाे हाे।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल र मोर्चाको आगामी रणनीति तय गरिने बताइएको छ।

समाजवादी मोर्चामा अहिले माओवादी केन्द्र, एकीकृत समाजवादी, नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी रहेका छन्।

प्रकाशित मिति: : 2024-07-16 16:31:00

प्रतिकृया दिनुहोस्