सिमलताल पहिरो: गृहसचिव र आइजिपी दुई वटा बस बगेको क्षेत्रमा

गृहसचिव एकनारायण अर्यालय, प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सिमलतालमा गएको पहिरोले दुई बस बगाएको क्षेत्रको स्थलगत अवलोकन गरेका छन्।

स्थलगत अवलोकनमा गृहसचिव अर्याल, महानिरीक्षक कुँवरज्यूलगायत सुरक्षा निकायका प्रमुखहरू, राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पदाधिकारीज्यूहरू, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका सह-सचिवज्यू तथा वरिष्ठ प्रहरी अधिकृतज्यूहरूको उपस्थित रहेका थिए।

शुक्रबार बिहान गएको पहिरोले दुई यात्रूबाहक बस बगाएर बेपत्ता बनाएपछि अहिलेसम्म बस फेला पर्न सकेका छैनन्। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले त्रिशुली नदीमा खोजी कार्य जारी रहेको छ।

दुवै बसमा रहेका ६५ यात्रुमध्ये तीन जना सकुशल रहेपनि ६२ जनाको अवस्था अहिलेसम्म अज्ञात रहेको छ। अहिलेसम्म ६ जनाको शव भेटिएको छ।

प्रकाशित मिति: : 2024-07-14 17:15:00

प्रतिकृया दिनुहोस्