त्रिशूलीमा बेपत्ता बसका पाँच जना यात्रुकाे शव भेटियाे

त्रिशूली नदीमा बेपत्ता भएका दुई यात्रुवाहक बसका यात्रुमध्ये पाँच जनाकाे शव भेटिएकाे छ। शनिबार तीन जना र आज आइतबार दुई गरेर पाँच जनाकाे शव भेटिएकाे हाे।

चितवनको भरतपुर नगरपालिका–२८ स्थित गोलाघाट र पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-७ स्थित नारायणी नदी किनारमा गरी आज दुई शव फेला परेकाे हाे। उनीहरूकाे शनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ। शनिबार भेटिएकाे तीन शवको भने सनाखत भइसकेको छ।

सनाखत हुनेमा चितवन माडी नगपालिका–१ का २२ वर्षीय विकास परियार, सर्लाही बरहथवा नगरपालिका–३ का १९ वर्षीय रमितकुशर माझी र भारतको बिहार सीतामणि बर्गिनिया जमुहवाका २८ वर्षीय ऋषिपाल साह हरेका छन्।

शुक्रबार काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरामा परी त्रिशूलीमा बगेका थिए।

काठमाडौँबाट गौर जाँदै गरेको बसमा सवार २७ जना र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बसमा सवार २४ जना बेपत्ता भएका थिए।

बेपत्ता बस र यात्रुको आज पनि खोजी भइरहेको छ। पहिरो खसेको सिमलताल र नारायणी नदी क्षेत्रमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेर खोजी भइरहेको प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2024-07-14 11:52:00

प्रतिकृया दिनुहोस्