प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीकाे निर्णय

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ।

बिहीबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले शुक्रबार प्रतिनिधिसभाबाट प्रधानमन्त्रीले लिने विश्वासको मतको प्रस्तावको पक्षमा मत दिने निर्णय गरेको हो।

प्रधानमन्त्री प्रचण्डले शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदैछन्।

एकीकृत समाजवादीबाट प्रधानमन्त्री नेतृत्वकाे सरकारमा भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री रहेका छन्।

प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद रहेका छन्।

प्रकाशित मिति: : 2024-07-11 17:45:00

प्रतिकृया दिनुहोस्