मन्त्रीहरु उपस्थित नभएपछि संसद बैठक स्थगित

File Photo
File Photo

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

बिहीबारको बैठकमा मन्त्रीहरूकाे उपस्थिति नरहेपछि बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो।

मन्त्रीहरु उपस्थित नभएपछि कांग्रेसका सांसद रामहरी खतिवडाले सभामुखको बैठकमा ध्यानाकर्षण गराएका थिए।

प्रतिनिधिसभा नियमावलीअनुसार संसद सञ्चालन हुन सरकारका कम्तिमा एक मन्त्रीको उपस्थिति अनिवार्य रहेको छ।

शुक्रबार बस्ने संसद्को बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

प्रकाशित मिति: : 2024-07-11 17:34:00

प्रतिकृया दिनुहोस्