युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
राष्ट्रपति जेलेन्स्कीले मोदीको यो भ्रमण युक्रेनमा शान्ति प्रयासमा ठूलो धक्का भएको आराेप लगाए।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, 'विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक देशको नेताले विश्वकै रक्तपातपूर्ण नेतालाई अँगालो हाल्नु निराशाजनक छ।'
रुसले हाल युक्रेनमाथिको आक्रमण तिब्र गरेको छ। सोमबार मात्र किभको एक बाल अस्पतालमा रुसले गरेको आक्रमणमा ४१ जनाको मृत्यु भएको थियो।