अफलाइन राईडिङमा मोटरसाइकल दुर्घटना गराएर फरार तीन जना पक्राउ

प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन्। 

उनीहरुले काठमाडौँका विभिन्न स्थानमा दुर्घटना गराएको प्रहरीले जनाएको छ। उनीहरूमध्ये तेज रावलले चलाएको मोटरसाइकल पछाडि बसेकी अनु गुरुङ खसेको र पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2024-07-08 20:05:00

प्रतिकृया दिनुहोस्