बिएल संवाददाता
नेकपा एमालेका सांसद महेश बर्तौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले खाेल्छु भनेकाे फाइलहरू खाेल्न चुनाैती दिएका छन्।
साेमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद बर्तौलाले गृहमन्त्रीलाई कुन-कुन फाइलहरू कसरी खाेल्नपर्ने हाे खाेल्न चुनाैती दिए।
राष्ट्रिय सरकार बनेपछि गृहमन्त्रीले खाेल्छु भनेका फाइलहरूबारे सूचनाहरू दिनुपर्ने भन्दै ध्यानाकर्षण गराए।
‘मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। महत्वपूर्ण मन्त्रीकाे जिम्मेवारीमा हुनुहुन्छ। कहाँ कसाे, कुन फाइल कसरी खाल्नपर्ने हाे, याे सदनमा माग गर्न चाहन्छाैँ। जति दिन तपाईंहरू पदमा रहनुहुन्छ, खाेल्नुस्। माग गर्न चाहन्छाैँ, कुन-कुन फाइलहरू कसरी खाेल्नपर्ने हाे। तपाईंहरूले धम्की मात्र दिएर पुग्छ?’, उनले भने, ‘याे संसदकाे हार्डिक्समा मात्रै सुरक्षित छैन, हाम्राे दिमागमा समेत सुरक्षित छ। तपाईंले आज खाेल्छु भनेकाे फाइल किन खाेल्नुभएन? भाेलि राष्ट्रिय सरकार बनेपछि तपाईंले ती सूचनाहरू दिनुपर्छ। त्याे पनि तपाईंहरूकाे ध्यानाकर्षण गराउन चाहन्छु।’
राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले गाेजीमा राजीनामा बाेकेकाे भन्ने प्रसंग उल्लेख गर्दै सांसद बर्तौलाले त्याे राजीनामा कहाँ पुग्याे भन्दै प्रश्न गरे।
‘केही राजनीति पार्टीका मन्त्रीहरू सरकार बहुमतमा भएकाे बेला, सरकार चलिरहेकाे बेला गाेजीमा राजीनामा बाेकेर हिँड्नुहुन्थ्याे। सरकार स्पष्ट अल्पमतमा परेकाे छ। ती साथीहरूकाे गाेजीमा भएकाे राजीनामा पत्र कहाँ पुग्याे हाेला?’, उनले भने, ‘राजीनामा दिनुपर्छ। दलाे निर्णयकाे कुरा हाेला, उहाँहरूकाे निर्णय हामीलाई केही भन्नु छैन। हामी सुन्याैँ दलकाे निर्णय भयाे, सरकारबाट राजीनामा दिने, फिर्ता हुने। प्रधानमन्त्रीज्यूले कानेखुसीमा एउटा गाउँखाने कथा यसाे भनिदिनुभयाे, त्यसपछि राजीनामा खुत्रुकेमा जतनसँग राखेर साथीहरू फर्किनुभएकाे छ।’
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया