घट्यो सप्तकोशीमा पानीको बहाव

सप्तकोशी नदीमा पानीको बहाब घटेको छ।

सप्तकोशी ब्यारेजमा अहिले पानीको बहाब २ लाख ६० हजार क्युसेक रहेको जानकारी दिइएको छ।

सप्तकोशी ब्यारेजमा आइतबार सर्वाधिक ३ लाख ९५ हजार क्यूसेकसम्म पानीको बहाब पुगेको थियो।

सप्तकोशीका यसअघि सबै ५६ ढोका खोलिएकोमा पानीको बहाब घट्न थालेपछि अहिले ४२ ढोका खोलिएको छ।

सप्तकोशीमा पानीको बहाव केही घटे पनि कोशी आसपासका स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ।

प्रकाशित मिति: : 2024-07-08 12:07:00

प्रतिकृया दिनुहोस्