बागमती सरकारबाट बाहिरियाे एमाले, ५ मन्त्रीले दिए राजीनामा

File Photo
File Photo

नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ।

साेमबार माओवादी केन्द्र नेतृत्वकाे बागमती सरकारलाई दिएकाे समर्थन फिर्ता लिएर एमालेले बाहिरिएकाे हाे।

एमालेबाट सरकारमा सहभागी पाँच जना मन्त्रीहरूले समर्थन फिर्तासहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई राजीनामा बुझाएका छन्।

एमालेबाट आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियासहित उघोग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री प्रकाश श्रेष्ठ, वन तथा वातावरणमन्त्री केशव पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र जलश्रोत, उर्जा तथा खानेपानीमन्त्री एकालाल श्रेष्ठ सरकारमा सहभागी थिए।

यससँगै मुख्यमन्त्री जम्कट्टेल अल्पमतमा परेका छ। एमालेले अल्पमतमा परेका उनकाे राजीनामा माग गरे पनि जम्कट्टेलले भने प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्।

केन्द्रमा कांग्रेस-एमालेको नयाँ गठबन्धन बनाउने सहमति भएपछि त्यसको असर प्रदेशमा देखिन सुरु भएको छ। जसअनुसार यसअघि नै एमालेले लुम्बिनी र सुदूरपश्चिम सरकार छोडिसकेको छ।

११० सदस्यीय बागमती प्रदेशमा एमालेको सबैभन्दा बढी ३७ सिट छ भने एमालेको २७ सिट छ। त्यस्तै  माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७, मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ।

प्रकाशित मिति: : 2024-07-08 11:08:00

प्रतिकृया दिनुहोस्