तनहुँ पहिरो: बेपत्ता भएका थप दुई जनाको शव भेटियाे

तनहुँमा पहिरोमा पुरिएर बेपत्ता भएका थप दुई जनाको शव भेटिएको छ।

शुक्लागण्डकी नगरपालिका-७ काउरेमा शनिबार दिउँसो पहिरोले घर पुरिँदा बेपत्ता भएका दुई जनाको शव भेटिएको हाे।

हीरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा हीरा ३ जना पहिरोमा पुरिएका थिए। हीराकाे शव भने गए राति भेटिएको थियाे।

बेपत्ता भएका ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको शव आज बिहान फेला परेकाे हाे।

पहिरोमा परी ४० वर्षीय विष्णुबहादुर नेपाली, २६ वर्षीय विशाल तिमिल्सिना, ३५ वर्षीय रवि घिमिरे, १८ वर्षीया रुपकुमारी नेपाली र १५ वर्षीय विमल नेपाली घाइते भएका छन्।

प्रकाशित मिति: : 2024-07-07 11:42:00

प्रतिकृया दिनुहोस्