आजदेखि आइतबारसम्म भारी वर्षासँगै बाढी-पहिराे र डुवानकाे जाेखिम

आगामी तीन दिन भारी वर्षासँगै बाढी-पहिराे तथा तराईका क्षेत्रमा डुवानकाे जाेखिम रहेकाे छ। जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाले शुक्रबार, शनिबार र आइतबार देशका विभिन्न जिल्लामा भारी वर्षाकाे सम्भावनासँगै विपद्काे जाेखिम रहेकाे बताएकाे हाे।

शुक्रबारदेखि आइतबारसम्म देशभर साधारणतया देखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनुको साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा तथा थोरै स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेको छ।

‘आइतबारसम्म भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको,  शहरी तथा तराई क्षेत्रहरूमा डुवानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन तथा पूर्व तयारी गर्नुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ’, महाशाखाले भनेकाे छ।

प्रकाशित मिति: : 2024-07-05 06:07:00

प्रतिकृया दिनुहोस्