८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ- हर्क साम्पाङ

फाइल तस्विर
फाइल तस्विर

धरान उप-महानगरपालिकाका मेयर हर्क सम्पाङ (राई)ले २०८१ भित्र नयाँ पार्टी घाेषणा गर्ने बताएका छन्।

मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत् याे घाेषणा गर्दै मन पर्नेहरुलाई जाेडिनसमेत अनुराेध गरेका छन्।

२०७९ काे निर्वाचनमा स्वतन्त्रबाट मेयरमा निर्वाचित सामाजिक सञ्जालका भइरल म्यान साम्पाङ पछिल्ला निर्वाचनहरुमा स्वतन्त्र उम्मेदवारहरुकाे पक्षमा उभिँदै आएका छन्।

अब भने उनले राजनीतिक शक्तिकाे घाेषणा गर्ने घाेषणा गरेका छन्। यद्यपि, हुनले यसबारे थप खुलाएका छैनन। 

प्रकाशित मिति: : 2024-07-04 22:12:00

प्रतिकृया दिनुहोस्