सुदूरपश्चिम सरकारबाट बाहिरियाे एमाले, मन्त्रीहरूले बुझाए राजीनामा

Break n Links
Break n Links

नेकपा एमाले सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएकाे छ।

बिहीबार मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वकाे सरकारलाई दिएको समर्थन फिर्ता लिएर बाहिरिएकाे एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताए।

साथै एमालेबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा पनि बुझाएका छन्।

आन्तरिक मामिला मन्त्री हिरा सार्की, आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल र वन, वातावरण तथा सहकारीमन्त्री वीरबहादुर थापाले राजीनामा बुझाएका हुन्।

एमालेले समर्थन फिर्ता लिएसँगै सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ। 

प्रकाशित मिति: : 2024-07-04 17:59:00

प्रतिकृया दिनुहोस्