मुकुल ढकालको विवादित ‘प्रतिवेदन’ सार्वजनिक गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बित महामन्त्री मुकुल ढकालको विवादित ‘प्रतिवेदन’ आजै सार्वजनिक गर्ने बताएको छ।

सह–महामन्त्री विपिन आचार्यले केहीबेरमा ढकालले तयार पारेको ‘विश्लेषण प्रतिवेदन’ सार्वजनिक गर्ने बताएका छन्।

‘अहिले पदाधिकारी बैठक बसिरहेको छ। सानो छलफलमा छौँ। एकैछिनमा त्यो प्रतिवेदन मिडियामा ल्याउँछौँ,’ उनले भने। तर निलम्बित महामन्त्री ढकालले आफूले तयार पारेको प्रतिवेदन हुबहु सार्वजनिक हुनेमा आशंका व्यक्त गरेका छन्।

प्रकाशित मिति: : 2024-07-04 16:22:00

प्रतिकृया दिनुहोस्