सहकारीसम्बन्धी छानबिन समितिले प्रहरी प्रमुख र गृह-सचिवलाई छलफलका लागि बाेलायाे

सहकारी ठगीसम्बन्धी छानबिन गर्न बनेकाे संसदीय विशेष छानबिन समितिकाे बैठकले प्रहरी प्रमुख र गृह-सचिवलाई छलफलका लागि बाेलाएकाे छ।

बिहीबार बसेकाे समितिकाे नवाैँ बैठकले शुक्रबार बस्ने बैठकमा प्रहरी प्रमुख र गृह-सचिवलाई बाेलाउने निर्णय गरेकाे छानबिन समितिका संयाेजक सूर्य थापाले जानकारी दिए।

‘भोलिको बैठकमा सिआइबी प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, नेपाल प्रहरीको नेतृत्व र गृह मन्त्रालयको प्रशासनिक नेतृत्वसँग जानकारी लिने कार्यसूचि रहेको छ’, थापाले भने।

आजको बैठकमा नियमनको स्थिति र प्रभावकारी निकायको आवश्यकतालगायतका विषयमा गम्भीर छलफल भएको थापाले बताए।

त्यस्तै बैठकले समितिले माग गरेका कागजातहरू छिटो उपलब्ध हुनेगरी संयोजन गर्न सहकारी विभागको नेतृत्वलाई ध्यानाकर्षण गराएकाे छ।

प्रकाशित मिति: : 2024-07-04 15:54:00

प्रतिकृया दिनुहोस्