बाँकेमा चोर समाउँदा गाेली चल्याे, प्रहरी र स्थानीयवासी घाइते

बाँकेको डडुवा–६ शिखनपुरूवामा प्रहरीले फरार चोर पक्राउ गरेको छ।

बिहीबार बिहान फरार प्रतिवादीलाई नियन्त्रणमा लिने प्रयास भइरहँदा स्थानीयवासीले अवरोध गरेका थिए। हिरमिनिया चौकीका इन्चार्ज कमल बुढाथोकीको कमाण्डमा रहेको प्रहरी टोलीले डाँका मुद्दामा फरार रहेका प्रतिवादी सरमान सिंह सरदारलाई पक्राउ गरेको हो।

सरदारको घुँडामा एक राउण्ड गोली लागेको प्रहरीले जनाएको छ।

डाँका मुद्दा खेपिरहेका सरमान सिंह सरदारलाई नियन्त्रणमा लिएर प्रहरी पुग्दा स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले ३ राउण्ड गोली चलाएको थियो। प्रहरीतर्फ वरिष्ठ हवल्दार मदन डाँगी घाइते भएका छन्।

एक जना स्थानीयवासी खुट्टामा गोली लागेर घाइते भएका छन्। डाँका चोरी मुद्दामा फरार रहेकालाई पक्राउ गर्न खोज्दा स्थानीयवासी प्रतिरक्षामा निस्कँदा झडपसमेत भएको हो।

प्रकाशित मिति: : 2024-07-04 14:54:00

प्रतिकृया दिनुहोस्