एकीकृत समाजवादी: अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ र महासचिवमा घनश्याम सर्वसम्मत

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी) पार्टीकाे अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन्।

एकीकृत समाजवादीको काठमाडाैँमा जारी दशाैँ राष्ट्रिय महाधिवेशनअन्तर्गत भएकाे निर्वाचनमा अध्यक्षमा नेपाल सर्वसम्मत चयन भएका हुन्।

यस्तै सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका छन्।

पार्टीका बाँकी पदाधिकारी र केन्द्रीय सदस्य भने शुक्रबार घोषणा हुनेछ। 

प्रकाशित मिति: : 2024-07-04 18:28:00

प्रतिकृया दिनुहोस्