संसदको सचिवमा नियुक्त अधिकारीले लिए शपथ

Break n Links
Break n Links

प्रतिनिधिसभाको सचिवमा नियुक्त सुरेश अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बुधबार सभामुख देवराज घिमिरेले अधिकारीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अधिकारीलाई सचिवमा नियुक्त गरेका थिए।

संखुवासभा खाँदबारी नगरपालिका-२ निवासी अधिकारी शिक्षा मन्त्रालयको सचिवबाट अवकाश भएका थिए।

प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डे संघीय संसदको महासचिव नियुक्त भएपछि २०८० साल माघ २३ देखि सचिव पद रिक्त थियो।

प्रकाशित मिति: : 2024-07-03 13:45:00

प्रतिकृया दिनुहोस्