प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिन काँग्रेसको आग्रह

नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न आग्रह गरेको छ।

बुधबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।

‘सबैभन्दा ठुला दल काँग्रेस र एमालेले मिलेर सरकार बनाउने भनेपछि प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ। काँग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ’, उनले भने।

प्रवक्ता महतले आजको बैठकले एमालेसँग भएको सहमति स्वीकार गर्ने निर्णय गरेको बताए। एमालेसँग भएको सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली पहिला प्रधानमन्त्री हुने र त्यसपछि काँग्रेसको नेतृत्वमा सरकार बनाउने भएका छन्। 

प्रकाशित मिति: : 2024-07-03 12:06:00

प्रतिकृया दिनुहोस्