दिनभरि वर्षाकाे सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा कोशी, मधेस, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूका मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रकाशित मिति: : 2024-07-03 06:43:00

प्रतिकृया दिनुहोस्