कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार

File Photo
File Photo

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेसले बुधबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति हुने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनाउने सहमतिपछि कांग्रेसले सो सहमतिको अनुमोदनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको बताइएको छ।

प्रकाशित मिति: : 2024-07-02 13:49:00

प्रतिकृया दिनुहोस्