राजनीतिक स्थायित्व र संविधान संशोधनका लागि एमालेसँग सहमति गर्‍याैँ: कांग्रेस

Break n Links
Break n Links

नेपाली कांग्रेसले आम जनताको चासोलाई केन्द्रमा राखेर नेकपा एमालेसँग सहमति भएको बताएका छन्।

निवास बूढानीलकण्ठमा मंगलबार बिहान बसेकाे पदाधिकारी बैठकबारे जानकारी दिँदै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले यस्ताे बताएका हुन्।

उनले जनताले सरोकार राखेको राजनीतिक स्थायित्व, आर्थिक स्थिति सुधार्न र सुशासन जस्ता विषयलाई आधार बनाएर एमालेसँग सहमति गरेको बताए।

संविधान बनाएपछि अहिलेसम्मको अनुभवबाट संविधानमा आवश्यक संशोधनका लागि राष्ट्रिय सहमति बनाउन एमालेसँग सहमति भएको उनकाे दाबी छ।

उनले एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको बताए।    

प्रकाशित मिति: : 2024-07-02 10:48:00

प्रतिकृया दिनुहोस्