नयाँ गठबन्धनबारे धारणा तय गर्न राप्रपाले बोलायो पदाधिकारी बैठक

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ।

आज दिउँसाे २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बाेलाइएकाे राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए।

कांग्रेस-एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए।

प्रकाशित मिति: : 2024-07-02 10:36:00

प्रतिकृया दिनुहोस्