राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुन दलहरूलाई एमालेकाे आह्वन

Break n Links
Break n Links

नेकपा (एमाले)ले ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउनका लागि सबै दलहरूलाई सरकारमा सहभागी हुन आह्वान गरेकाे छ।

सोमबार मध्यराति काँग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति भएको थियो।

मंगलबार एमाले महासचिव शंकर पोखरेलले सरकार बनाउन दुई दलबीच समझदारी भएको जानकारी गराउँदै ‘राष्ट्रिय सहमतिको सरकार’ बनाउन सबै दलहरूलाई आह्वन गरिने जानकारी दिए।

‘राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्ने र तदनुरुपका कानूनसमेत निर्माणगर्ने गरी केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतीको सरकार बनाउन नेकपा(एमाले) र नेपाली काँग्रेसका बिचमा समझदारी। यस प्रक्रियामा सहमत दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरीने’, पाेखरेलले भने।

प्रकाशित मिति: : 2024-07-02 09:39:00

प्रतिकृया दिनुहोस्