प्रधानमन्त्री प्रचण्डले बोलाए पार्टीको पदाधिकारी बैठक

फाइल तस्विर
फाइल तस्विर

सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा (माओवादी केन्द्र)काे पदाधिकारी बैठक बाेलाइएकाे छ।

काँग्रेस-एमालेका नयाँ सत्ता समीकरणपछि पद संकटमा परेपछि प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बाेलाएका हुन्।

प्रचण्डले बिहान ९ बजेका लागि सरकारी निवास बालुवाटारमा बैठक बाेलाएका हुन्।

साेमबार राति काँग्रेस-एमाले सत्ता समीकरणकाे सहमति भएसँगै अब प्रधानमन्त्री प्रचण्डले कि त राजीनामा दिनु पर्ने हुन्छ या त विश्वासकाे मतका लागि संसदकाे फेस गर्नुपर्ने हुन्छ।

प्रकाशित मिति: : 2024-07-02 08:16:00

प्रतिकृया दिनुहोस्