ओलीकाे सचिवालयले भन्याे- मन्त्रीहरुलाई बालकाेट बाेलाएकाे खबर सत्य हाेइन

Break n Links
Break n Links

एमाले अध्यक्ष केपी शर्मा ओलीकाे सचिवालयले मन्त्रीहरुलाई छलफलका लागि बालकाेट बाेलाइएकाे खबर सत्य नभएकाे जनाएकाे छ।

सचिवालयले सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएकाे हाे।

‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी मन्त्रीहरुलाई अहिले साँझ छलफलमा बोलाएको भन्ने विभिन्न सञ्चार माध्यममा खबर आइरहेको छ’, सचिवालयले भन्याे, ‘तर, मन्त्रीहरुलाई अध्यक्ष ओलीले अहिले छलफलका लागि बोलाउनुभएको खबर सत्य नभएको जानकारी गराइन्छ।’

यसअघि सत्ता समीकरण फेरिने चर्चाबीच एमाले नेताहरुले नै अध्यक्ष ओलीले मन्त्रीहरुलाई बताएका थिए। भने, एमालेका मन्त्रीहरु पनि जारी मन्त्रिपरिषद् बैठकमा सहभागी छैनन।

प्रकाशित मिति: : 2024-07-01 18:19:00

प्रतिकृया दिनुहोस्