एमालेका सबै मन्त्रीलाई ओलीले बोलाए बालकोट, के सत्ता समीकरण फेरिन लागेकाे हाे?

File Photo
File Photo

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा सहभागी एमालेका सबै मन्त्रीलाई आफ्नो निवास बालकोटमा बोलाएका छन्।

सत्ता समीकरण फेरिने चर्चाबीच अध्यक्ष ओलीले मन्त्रीहरूलाई साँझ ६ बजे बालकोट बोलाएका हुन्। यद्यपि बालकोट बालकाेट बाेलाउनुकाे कारण थाहा नभएको एक मन्त्रीले बताए।

एमालेबाट सरकारमा रघुवीर महासेठ, पदम गिरी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी साह र बलराम अधिकारी रहेका छन्।

यसअघि आजै बिहान अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चार घण्टाभन्दा बढी छलफल गरेका थिए। छलफलमा राष्ट्रिय सरकार बनाउने विषयमा समेत छलफल भएको थियाे।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस- एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ। साेही चर्चाबीच मन्त्रीहरूलाई बालकाेट बाेलाउनुलाई अर्थपूर्ण रूपमा हेरिएकाे छ।

सरकारमा सहभागी कतिपय नेताहरूले सत्ता समीकरण फेरिने चर्चा हल्ला मात्र रहेकाे बताइरहेका छन्।

प्रकाशित मिति: : 2024-07-01 17:46:00

प्रतिकृया दिनुहोस्