पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ- ओलीसँगको भेटवार्ता सकारात्मक छ

Break n Links
Break n Links

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएको बताएकाे छन्।

साेमबार आफ्नै निवास बूढानीलकण्ठमा भएकाे कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा देउवाले गत शनिबार ओलीसँग भएको भेटवार्ताबारे बिफ्रिङ गर्दै यस्ताे बताएका हुन्।

उनले एमालेसँगको सम्बन्ध सुमधुर रहेको र अहिले नै धेरै टिप्पणी नगर्न आग्रह गरेकाे देउवाकाे भनाइ उद्धृत बैठकमा सहभागी एक पदाधिकारीले बताए।

शनिबार कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीसँग भेट गरेपछि तरंगित भएको राजनीतिक वृतमा कांग्रेस-एमालेको सरकार बन्ने चर्चा चलिरहेको छ। 

प्रकाशित मिति: : 2024-07-01 17:22:00

प्रतिकृया दिनुहोस्