काँग्रेसले भन्यो- सत्ता परिवर्तनबारे कुरै भएको छैन

Break n Links
Break n Links

सत्ता समीकरण परिवर्तनको चर्चा चलिरहेको समयमा नेपाली काँग्रेसले यस विषयमा कुनै कुरा नभएको बताएको छ।

काँग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आफ्ना सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटमा सत्ता समीकरणकाे बारेमा कुरा नभएको जानकारी दिएका हुन्।

शनिबार ओली निवास बालकोटमा दुई नेताबीच लामो छलफल भएको थियो। त्यसपछि सरकार परिवर्तनको चर्चा चुलिएको छ भने नेताहरूबीच त्रीपक्षीय भेटघाट बाक्लिएको छ।

सोमबार काँग्रेस पदाधिकारी बैठकबाट बाहिरिँदै प्रमुख विश्वकर्माले ओली देउवाको भेट निकै सौहार्दपूर्ण भएको मात्र बताए। उनले पदाधिकारी बैठकमा सत्ता परिवर्तनबारे छलफल नभएको पनि बताए।

प्रकाशित मिति: : 2024-07-01 16:57:00

प्रतिकृया दिनुहोस्