‘भुटानी शरणार्थी प्रकरणकाे फाइल खुल्न थालेपछि काँग्रेस आत्तिएकाे हाे, सत्ता समीकरणमा समस्या छैन’

File Photo
File Photo

शीर्ष नेताहरुकाे निरन्तरकाे भेटवार्तापछि सत्ता समीकरण फेरिने सक्न अनुमान गरिएकाे छ।

अझ एमालेका कतिपय नेताहरुले त काँग्रेसबाट अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीकाे प्रस्तावसमेत आएकाे बताइरहेका छन्।

माओवादी केन्द्रले याे कुरालाई कसरी लिएकाे छ? यही सन्दर्भमा बिएल नेपाली सेवाले सांसदसमेत रहेका माओवादी नेता लेखनाथ दाहालसँग छाेटाे कुराकानी गरेकाे छ। प्रस्तुत, दाहालसँगकाे छ कुराकानी:

सत्ता गठबन्धन फेरिन लागेकाे हाे?

छैन सर, त्यस्ताे समस्या छैन।

शीर्ष नेताहरुकाे लगातारकाे बैठक र चलेका हल्लाहरुले के संकेत गर्छ?

अरु केही हाेइन, शान्ति प्रक्रियाकाे विषयलाई टुङ्ग्याउने विषयमा केही मतभेदहरु भएका छन्। ती बैठकहरुमा याेबारेमा पर्याप्त छलफल भएकाे छ।

अनि, पछिल्लाे समय नक्कली भुटानी शरणार्थी प्रकरणकाे नयाँ ढङ्गले फाइल खुल्दैछ, त्यसले एउटा तरङ्ग फैदा गरेकाे हाे। त्यसमा काँग्रेस आत्तिएकाे देखिन्छ। याे भनेकाे वस्तुगत परिस्थितिले पैदा गरेकाे तरङ्ग हाे। त्यसलाई उचित व्यवस्थापन गरिन्छ। सत्ता समीकरणकाे विषयमा यसले कुनै प्रभाव पार्दैन।

सत्ता फेर्ने प्रयास त भएकाे छैन तर त्याे सफल हुँदैन।

तर, विपक्षी दलहरुले गठबन्धन फेर्ने प्रयास गरिरहेका छन् त?

त्याे त गरेकै छन्। काँग्रेसले केपी ओलीलाई प्रधानमन्त्रीकाे प्रस्ताव पनि गरेकाे छ। तर, अहिले काँग्रेसकाे प्रस्तावले तुरुन्तै प्रभावित भएर याे सहकार्य टुङ्गिने अवस्था देखिँदैन।

पार्टीभित्र यसबारे कुनै छलफल भएकाे छ?

छैन, पहिला घटनाक्रमहरु हेराैँ न।

यदि एमाले-काँग्रेसकाे सरकार बन्याे भने माओवादीले के गर्छ?

पहिला त सम्भावना न्यून छ। तर, फेरियाे भने हामी प्रतिपक्षमा बस्छाैँ, हामीलाई कुनै समस्या छैन।

प्रकाशित मिति: : 2024-07-01 15:54:00

प्रतिकृया दिनुहोस्