संसदमा माओवादी सांसदले भने- दुईजना नेता भेट्दैमा सत्ता फेरिँदैन (भिडियाे)

नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दुईजना नेता भेट्दैमा सत्ता गठबन्धनमा उलटफेर नआउने बताएका छन्।

साेमबार प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै सांसद सापकोटाले सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुँदाबित्तिकै सत्ताकाे समीकरण नै नबदलिने बताएका हुन्।

राजनीतिक दलहरूका बीचमा संवाद हुने कुरा सकारात्मक भएकाे उनले बताए।

‘दुई दिनजितका समाचारहरू र राजनीतिक घटनाक्रमहरूलाई हामीले नजिकबाट नियाल्यौं भने अहिले सिंगो राजनीति तरंगित भएको जस्ताे छ। अनौपचारिक संवादहरू हुँदा, समाचारपत्रहरू अध्ययन गर्दा, पढ्दा सिंगै राजनीति तरंगित हुनेजस्तो। एउटा दलकाे नेता र अर्काे दलका नेता या सत्तापक्ष र प्रतिपक्ष दलका नेताका बीचमा संवाद हुँदाबित्तिकै सत्ता गठबन्धनमा उलटफेर आउने भयो भनेर ठुला ठुला ब्यानर न्युजहरू हामी पढ्न पाउँछाैँ’, सांसद सापकोटाले, ‘मलाई त्यस्ताे के लाग्दैन भने तुरून्तै दुई जना नेताहरू बस्नेबित्तिकै पूरै सत्ताकाे समीकरण उलटफेर हुने, पूरै सत्ताकाे समीकरण नै बदलिने त्यस्ताे परिस्थितिका रूपमा भाष्य बनाउने, चाँडै कुनै विश्लेषणबिना नै निष्कर्ष पुग्ने जे परिपाटी छ, यसले समग्र समाजमा स्थितरताकाे मानसिकता दिँदैन। ती सबै घटनाक्रमहरूलाई हामीले जाेडेर हेर्दा त्यसमा सत्यता भएजस्तो लाग्दैन।’

प्रकाशित मिति: : 2024-07-01 13:28:00

प्रतिकृया दिनुहोस्