पहिरोमा पुरिएर पाँच वर्षीय छाेराकाे मृत्यु, बुबा घाइते

फाइल तस्विर
फाइल तस्विर

पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ। भेरी नगरपालिका– ५ इबरका रमेश विकका ५ वर्षीय छोरा प्रिन्स विकको मृत्यु भएको हो।

गएराति परेको वर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो।

पहिरोमा परी बुबा रमेश घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

६ जनाको परिवार अरु सबै सकुसल छ्न्।

प्रकाशित मिति: : 2024-07-01 09:43:00

प्रतिकृया दिनुहोस्