प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवा र ओलीबीच शनिबार भएको वार्तापछि फेरि सत्ता ‘उथलपुथल’को अनुमान गरिएकाे छ।
त्यस्तै, आइतबार सिंहदबारमा प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता भएको थियो। करिब आधा घण्टा दाहाल र ओली कुराकानी गरेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेसमेत सहभागी भएका थिए।
त्यसो त एमाले अध्यक्ष ओली सोमबार एकाबिहानै प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।