भुटानी शरणार्थी प्रकरण: बेचन झालाई ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

Break n Links
Break n Links

जिल्ला अदालत काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अनुमति दिएको छ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमार्फत अदालतबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो।

झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसान्धान गर्ने भएको छ। उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणको अन्य राजनीतिक संलग्नता रहेको आशंका गरिएको छ।

प्रकाशित मिति: : 2024-06-30 17:38:00

प्रतिकृया दिनुहोस्