‘द डार्क फाइल’ प्रकरणलाई लिएर रामहरिले उठाए गृहमन्त्री लामिछानेमाथि औँला

Break n Links
Break n Links

नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले ‘द डार्क फाइल’ अडियो प्रकरणमा जोडिएका अभियुक्तलाई सत्ता र शक्तिको आडमा फरार सूचीमा राखेको भन्दै आपत्ति जनाएका छन्।

आइतबारकाे प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले यसप्रति आपत्ति जनाएका हुन्।

खतिवडाले उक्त प्रकरणका राजेन्द्रकुमार तिमिल्सिना, युवराज कँडेल र नवीन ढुङ्गानालाई अभियुक्त बनाइए पनि कँडेल र ढुङ्गाना सम्पर्कमा नरहेकाे सूचीमा राखिएकाे तर तिमिल्सिनालाई दुई चाेटी बयान लिएर सिआइबीले फरार अभियुक्तका रुपमा अदालतमा पेस गरेकाे उल्लेख गरे।

र, भने, ‘त्यहाँ बयान लिएकाे अभियुक्तलाई कसकाे निर्देशनमा किन? बयान लिएकाे मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेस गरियाे? याे आपत्तिजनक छ कसकाे निर्देशनमा भयाे? यसकाे जवाफ गृहमन्त्रीले दिनुपर्छ।’

यस्ताे छ खतिवडाकाे भनाइ:

काठमाडाैँ जिल्ला अदालतमा एउटा चर्चित द डार्क फाइल भन्ने प्रस्तुत भएकाे छ सभामुख महाेदय, याे मुद्दामा तीन जना अभियुक्त बनाएकाे छ, राजेन्द्रकुमार तिमिल्सिना, युवाराज कँडेल र नवीन ढुङ्गाना। तीमध्ये दुई जना मान्छे सिआइबीकाे सम्पर्कमा रहेनन् तर राजकुमार तिमिल्सिनालाई दुई चाेटी बयान लिएर सिआइबीले फरार अभियुक्तका रुपमा अदालतमा पेस गरेकाे छ।

कुनै बेला ६० केजी सुन प्रकारणमा फरार अभियुक्त भनेर बयान लिएका चलाउने कि चिलाउने भन्ने मान्छेका नाममा मुद्दा चलाउँदाखेरि तत्कालिन एआइजीलाई निलम्बनकाे प्रस्ताव कारबाहीकाे प्रस्तावसम्म गरियाे भने अहिले याे डार्क फाइल जसकाे सर्वाेच्चकाे संवैधानिक इजलासलेसम्म यसकाे अनुसन्धान गर्ने भनेर अनुमति दिएकाे थियाे सभामुख महाेदय, सिआइबीले त्यसलाई छानबिन पनि गरेकाे थियाे। तर, त्यहाँ बयान लिएकाे अभियुक्तलाई कसकाे निर्देशनमा किन? बयान लिएकाे मान्छेलाई छुटाएर फरार अभियुक्त भनेर अदालतमा मुद्दा पेस गरियाे? याे आपत्तिजनक छ कसकाे निर्देशनमा भयाे? यसकाे जवाफ गृहमन्त्रीले दिनुपर्छ।

दुईपटक सिआइबीमा बयान लिएकाे मान्छेलाई के आधारमा फारार अभियुक्त भनेर अदालतमा पेस गरियाे? त्यसकाे जवाफकाे लागि संसदलाई अनुराेध गर्दछु।

०००

सिधाकुरा नामक युट्युब च्यानलका सञ्चालक युवराज कँडेल र सम्पादक नवीन ढुंगानालाई नक्कली अडियो उपब्ध गराउने ललितपुरका ३६ वर्षीय राजकुमार तिमिल्सिनालाई फरार प्रतिवादी बनाएर शुक्रबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ।

सरकारी वकिलको कार्यालय काठमाडौँले राजकुमारसहित कँडेल र ढुंगानालाई पनि फरार सूचीमै राखेर मुद्दा दायर गरेको छ। त्यसयता उनीहरू गृहमन्त्री रवि लामिछानेको सम्पर्कमै तर प्रहरीको नजरमा फरार छन्।

प्रकाशित मिति: : 2024-06-30 17:15:00

प्रतिकृया दिनुहोस्