एकीकृत समाजवादीकाे महाधिवेशनमा केपी ओलीकाे खाेजी

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी) काे दशाैँ राष्ट्रिय महाधिवेशमा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे खाेजी भएकाे छ। 

आइतबारदेखि काठमाडौँमा सुरू भएकाे एकीकृत समाजवादीकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोह अध्यक्ष ओलीकाे खाेजी भएकाे हाे।

ओलीकाे खाेजीपछि नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले प्रष्टीकरण दिनुपर्याे। उनले ओलीलाई दुई पटक फाेन गरेकाे साथै ओलीका स्वकीय सचिवलाई फाेन गर्दा पनि नउठेकाे जानकारी गराए।

‘मैले दुई पटक ओलीजीलाई फाेन गरेँ। उहाँका एकपछि अर्काे पिएलाई पनि गरेँ तर लागेन, कि फाेन बिग्रिएकाे छ’,उनले भने, ‘३ वर्षअघिको घाउ आलो भएर नआउनु भएको होला। राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन।’

नेपालले यति भन्दा हलमा हाँसाे गुन्जिएकाे थियाे।

याे पनि...
प्रकाशित मिति: : 2024-06-30 16:54:00

प्रतिकृया दिनुहोस्