
बिएल संवाददाता
नेकपा एकीकृत समाजवादी पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो।
आइतबारदेखि सुरू भएकाे महाधिवेशनकाे पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन्।
महाधिवेशनको उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलगाय नेताहरु सहभागी भएका छन्।
जनता समाजवादी पार्टी नेपालबाट छुट्टिएका उपेन्द्र यादव र अशाेक राई पनि पहिलाे पटक एउटै मन्चमा देखिएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन्। महाधिवेशनमा एक हजार ८४९ प्रतिनिधि सहभागी छन्।
असार २० गतेसम्म चल्ने महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ।
करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रुपमा दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ।
एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ।
एकीकृत समाजवादीको अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन्।
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया