हाम्राे पार्टीमा प्रवेश गर्नेकाे लहर छ: माधव नेपाल

Break n Links
Break n Links

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नाे पार्टीमा प्रेवश गर्ने लहर रहेकाे बताएका छन्।

आइतबारदेखि काठमाडौँमा सुरू भएकाे एकीकृत समाजवादीकाे दशाैँ राष्ट्रिय महाधिवेशनकाे उद्घाटन समारोहलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन्।

पार्टीमा नेता, कार्यक्रताकाे कमी नरहेकाे उनले बताए। 'म देख्छु जिल्ला जिल्लामा हाम्राे पार्टीमा प्रवेश गर्नेकाे लहर छ', उनले भने। 

पार्टी फुटाएकाे औचित्य पुष्टि भएकाे भन्दै उनले निरास नहुने बताए।

प्रकाशित मिति: : 2024-06-30 16:28:00

प्रतिकृया दिनुहोस्