भातमा के पाइन्छ ?

file photo
file photo

अहिले सबैको भान्छामा धेरै किसिमका परिकार पाक्छन। पोषणका लागि थरिथरिका खाना मिसाएर खाने चलन छ।
त्यती मात्रै नभएर बहिरी होटल रेस्टुरेन्टको परिकारहरु पनि मिसाइएको खानाले शरीरमा कस्तो असर गर्छ, पाचन ठीक तरिकाले हुन्छ (हुँदैन, शरीरलाई ठीक छ (छैन भन्नेमा हामीले ध्यान दिएका छैनौं।

एकैचोटी धेरै थरिका खाना खाँदा शरीरलाई बल होइन, पाचन प्रक्रियालाई भार पर्छ। त्यसैले स्वस्थ रहन खाने सही तरिका के हो, कुन खानासँग कस्तो खाना मिलाएर खान मिल्छ र कुनसँग कुन मिसाएर खानु हुँदैन भन्ने सामान्य ज्ञान सबैमा हुनुपर्छ। त्यसका लागि पहिला शरीरलाई चाहिने खाना के (के हुन् ती कहाँ र कसरी पाचन हुन्छ भन्ने बुझ्न जरुरी  छ।

हाम्रो शरीर निर्माण र सञ्चालन गर्न विभिन्न पोषक तत्व चाहिन्छ। ती तत्व धेरै जस्तो शरीरले भातबाटै पाउँछ। शरीरका लागि चाहिने पोषक तत्वमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, कसरत, रेशा र पानी हुन्।

दाल भात माछामासु अन्डा गुन्द्रुक आचार दाही सालात सबै मिलाएर खानी हाम्रो शरीरलाई बिहान बेलुका खाना हो। चय तीन समय होस। पछिल्लो समयमा बिहान बेलुका कति खानु भात खानाले मात्रैले रोग लाग्ने भनेर रोटी खाने चलन निस्केको छ। तर, त्यसो होइन। चमलले मानिसलाई रोग निम्ताउने होइन, चामल तथा चामलको भातमा कार्बोहाइड्रेटको मात्रा उच्च हुन्छ। दैनिकीमा उर्जा बनाउँछ।

मोटोपन, मधुमेहजस्ता समस्याका कारणले मान्छेहरुले चमालको भात खाइदैन। तर, खानै नमिल्ने कुनै पनि चिकित्सहरुले भनिदैन। कसरी खानी भन्ने कुरामा भर पर्छ। जस्तै पहिलाका मानिसहरुमा गाउँघरमा आहिले खाएको खाना भन्दा दुई गुण बढी खाएर पनि पचिन्थ्यो। मेलापात गर्ने, हिडुल गर्ने, लेभरको काम गर्ने गर्थे भने अहिले मानिसले त्यही खान्छौ तर, गएर अफिस डेक्समा काम गर्छ।
बहिरी फिल्टमा काम नगर्ने, ल्यापटपमा काम गर्ने भएकाले हामीले टन्न खाना खाएको छ, तर, त्यो सदुपयोग भएको हुँदैन।  त्यसपछि शरीरमा समस्या देखिन थाल्छ।

त्यसपछि सोच्छौ कतै यो भातले त होइन। पोषणलाई कम गर्ने थाल्छ। त्यसैले चामलको भात नराम्रो होइन। आफनो शरीरलाई कुन पोषणले उपयुक्ता हुन्छ त्यही अनुसार  खानु पर्छ। 

चामलमा के पाइन्छ ?

अन्न समूहमा पर्ने महत्वपुर्ण चामल एक हो। भनिन्छ, नेपालीको खानामा चामलको भात पनि एक हो।
चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा हुन्छ। साथै फाइबर, पोषण र भिटामिन बी वानलगायत तत्व पाइन्छ।

चामलको भात छाड्नु कति उचित ?

मस्तिष्कको विकास र शरीरका लागि नभई नहुने हुनी महत्वपुर्ण कार्बोहाइड्रेट चामलमा पाइन्छ। मानिसहरु जन्मिनीसाथमा बच्चाहरुमा अन्न खुवाउनेमा चामलको भात वा ज्वलो खानेकुरन नै खुइने गरिन्छ। पहिलेदेखि चलि आएको चलन पनि हो। 
कार्बोहाइड्रेटको मुख्य स्रोतलाई छोड्दा हाम्रो शरीर र मस्तिष्कले राम्ररी काम गर्न सक्दैन। त्यसैले यसलाई छोड्नु उचित हुँदैन।

कार्बोहाइड्रेट कम भयो भने शरीरको ‘मेटाबोलिक’ खाना पचाउने प्रक्रिया नै बिग्रिन्छ। जसले शरीरमा अन्य रोग निम्तिने सम्भावना हुन्छ।
शरीरमा कार्बोहाइड्रेट कमी भयो भने शरीरमा ऊर्जा कम भएर कमजोर महसुस हुने सुगर लेबल स्वाट्टै घटेर बेहोस हुनेजस्ता प्रतिक्रिया देखिन्छ।

प्रकाशित मिति: : 2024-06-01 15:29:00

प्रतिकृया दिनुहोस्