आज कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ।  सङ्घीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजेका लागि दलको बैठकमा बोलाइएको हो। 

त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ।

प्रमुख सचेतक रमेश लेखकले बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने बताएका छन्।

प्रकाशित मिति: : 2024-06-21 06:56:00

प्रतिकृया दिनुहोस्